काठमाडौं, ४ साउन । नेकपा–माओवादीले नेपालको जलस्रोतमाथि भारतको एकाधिपत्य कायम हुने गरी जलस्रोत विकाससम्बन्धी नेपाल र भारतबीचमा सम्झौताको तयारी भइरहेको भन्ने खबरप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।
माओवादी अध्यक्ष मोहन वैद्यले आज विज्ञप्ति जारी गरेर असमान सन्धि सम्झौताहरु खारेज गर्नुको साटो उल्टो निर्यातमुखी पिडिए सम्झौता गर्ने तयारी भएको भन्दैबिरोध जनाएका छन् ।
‘जलस्रोतको क्षेत्रमा विगतमा गरिएका कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, उच्च कोसी बाँध, माथिल्लो मस्र्याङ्दीलगायतका असमान सन्धि सम्झौताहरु खारेज गर्नुको साटो उल्टो निर्यातमुखी पिडिए सम्झौता गर्ने तयारी भइरहेको समाचारबाट सम्पूर्ण देशभक्त नेपाली जनतालाई स्तब्ध बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
बाँकी बचेखुचेको सम्पूर्ण जलस्रोत भारत र भारतीय कम्पनीहरुलाई सुम्पनुपर्ने गरी सम्झौताको मस्यौदा तयार हुँदै गरेको भन्दै उनले आपत्ति पनि जनाए ।
अध्यक्ष वैद्यले ऊर्जासम्बन्धी सम्झौताको वास्तविक यथार्थता अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग पनि गरेका छन् ।















प्रतिक्रिया