दमक, ४ साउन । आफ्नै श्रीमती र भाइको कुटाइबाट गम्भीर घाइते भएका झापा जुरोपानीका एक व्यक्तिको मृत्यु भएको छ ।
श्रीमती र भाइले गरेको कुटपिटका कारण जुरोपानी–२ का अन्दाजी ५० वर्षीय कजवा भन्ने गौरलाल सरबरियाको मृत्यु भएको हो ।
गत शुक्रबार मादक पदार्थ सेवन गरी घरमा जथाभावी बोल्न थालेपछि भाइ अनिल र श्रीमतीले उनलाई कुटेका थिए ।
कुटाइपछि शरीर दुख्यो भनेका उनलाई शनिबार गौरीगन्जस्थित क्लिनिक लगिएको थियो । क्लिनिकमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर लैजाने क्रममा आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा श्रीमती र भाइलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गौरीगन्जले जनाएको छ ।
यसैगरी झापाको जुरोपानीमा शनिबार राति कुटपिटबाट एक व्यक्ति सख्त घाइते भएका छन् । जुरोपानी–८ स्थित इन्द्रचोकमा बसिरहेका बेला स्थानीय डिल्ली प्रसार्इं पिटिएका हुन् ।
कुटपिटमा झापा कोहवराका सुलेमान मियाँ, मोहन कार्कीलगायतको एक समूह संलग्न रहेको पीडितका छोरा रमेश प्रसार्इंले बताए ।
पीडितले कुटपिटमा संलग्न हुनेविरुद्ध प्रहरीमा उजुरी गरेका छन् ।















प्रतिक्रिया