जाजरकोट, ४ साउन । सडक यातायातले छुन नसकेको डोल्पामा अहिले हवाई यातायात पनि बन्द भएको छ ।
वर्षाले विमानस्थलको धावनमार्ग हिलाम्मे भएपछि दुई सातादेखि हवाई सेवा अवरुद्ध भएको हो । नेपालगन्ज र सुर्खेतबाट हुने उडान बन्द हुँदा सयौँ यात्रु अलपत्र परेका छन् ।
जुफाल र मसिनाचौर गरी दुई विमानस्थल छन् । दुवै कच्ची रहेकाले थोरै पानी पर्नासाथ विमानस्थल हिलाम्मे हुँदा हवाई सेवा बन्द गर्ने अवस्था आउने गरेको नागरिक उड्डयन प्राधिकरण जुफालले बताएको छ ।
सडक यातायातले जाजरकोट र डोल्पाको सिमानामा पर्ने भगवती गाविसलाई मात्र छोएको छ ।















प्रतिक्रिया