दमक, ४ साउन । झापा र मोरङमा शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीले विगत ६ महिना यता कोइला पाएका छैनन् ।
कोइला आयतकर्ताले भुटानी शिविरमा कोइला आयात नगरेपछि शरणार्थीलाई खाना पकाउन समस्या परेको छ । कोइला नभएपछि दाउरा खोजेर खाना पकाउन बाध्य हुनु परेको बेलडाँगी शिविरकी पवित्रा दाहालले बताए ।
लुथरन विश्व महासङ्घमार्फत ओमनी विजनेस कर्पोरेसन काठमाडांैले कोइला आपूर्तिको ठेक्का लिएको हो ।
तर कमिसनका कारण सो कम्पनीलाई कोइला ल्याउन नदिइएको यसअघि शिविरमा कोइला सप्लाइ गर्दै आएको रिद्धिसिद्धी इन्टरप्राइजेजका प्रतिनिधि पशुपति बरालले बताए ।















प्रतिक्रिया