३० आश्विन २०८३, शुक्रबार

लोकतान्त्रिक संविधानमा ध्यान केन्द्रितः सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakashman-Singhकाठमाडौं, ४ साउन । उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक सङ्क्रमणलाई जतिसक्दो चाँडो छोट््याउनु पर्ने बताएका छन् ।

राजधानीमा आज आयोजित कार्यक्रममा मन्त्री सिंहले मुलुकको संक्रमण अन्त्य गर्न लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने बताए । उनले संविधान जारी गर्ने विषयमा सरकारको ध्यान केन्द्रित रहेको बताए ।

उनले राजनीतिक स्थायित्व कायम नभएसम्म विकास निर्माणमा बाधा पुग्ने उल्लेख गरे । ‘सङ्क्रमणकाल छोट्याएर लोकतान्त्रिक संविधान जारी गर्ने कामलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको छ,’ उनले भने ।

आगामी माघ ८ गतेभित्रै लिखित लोकतान्त्रिक संविधान जारी हुनेमा कुनै द्विविधा नरहेको बताउँदै मन्त्री सिंहले त्यसपछि विकास निर्माणको अथाह सम्भावनालाई समृद्धिमा परिणत गर्न आवश्यक रहेको बताए ।

शिक्षा क्षेत्रको विकास र विस्तारका लागि सरकारले धेरै लगानी गरिरहेको बताउँदै उनले गुणस्तरीय शिक्षा प्रदान गर्ने काममा शिक्षक, विद्यार्थीलगायत समाजका सबै पक्षको आवश्यक ध्यान पुग्नु आवश्यक रहेको बताए ।