काठमाडौं, ४ साउन । त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुका क्याम्पस कमिटि सदस्य प्रेम केसीमाथि खुकुरी प्रहार भएको छ ।
अनेरास्ववियुले नेवि संघका कार्यकर्ताले आफ्नो कार्यकर्तामाथि खुकुरी प्रहार गरेको आरोप लगाएको छ ।
अनेरास्वयिुका प्रचार विभाग प्रमुख अषेश घिमिरेले नेवि संघका कमल बुढाको नेतृत्वमा आएको एक जस्थाले केसीमाथि धारिलो खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको जानकारी दिनुभयो ।
घाइते केसीको अहिले काठमाडौँ मोडेल कलेजमा उपचार भइरहको छ । केसीको टाउको, ढाड र हातमा गम्भीर चोट लागेकोे छ ।
केसी पुस्तकालयमा अध्ययन गरेर बसिरहेको अवस्थामा नेवि संघले आक्रमण गरेको अनेरास्ववियुको आरोप छ ।
केसीलाई आक्रमण गर्न प्रयोग गरेको एउटा खुकुरी प्रहरीले वरामत गरेको छ भने एउटा खुकुरी लिएर उनीहरु भागेका छन् ।
यसैगरी केसीमाथि आक्रमण भए लगत्तै त्रिचन्द्रकै वीपी पुस्तकालयमा आगजनी भएको छ ।
स्ववियू कार्यालयसँगै रहेको पुस्तकालयमा भएको आगजनीबाट करिब ४ हजार पुस्तक र २ हजार थेसिस जलेको बुझिएको छ ।
















प्रतिक्रिया