३० आश्विन २०८३, शुक्रबार

छोराको हत्या गर्ने बाबु फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doti-district-map-of-nepal
डोटी, ४ साउन । डोटीको छतिवन गाविसमा मदिरा सेवन गरी बाबुले छुरा प्रहार गरी छोराको हत्या गरेका छन् ।

छतिवन गाविस ३ पत्तडाका ३४ वर्षका हरिशराम विकले मदिरा सेवन गरेको अवस्थामा १७ वर्षका छोरा नविनराम विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीका अनुसार बाबु र छोराबीच पटक–पटक अंशबण्डाका विषयमा विवाद हुने गरेको र त्यही कारण छोराको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । छोराको हत्यापछि बुबा हरिशराम फरार छन् ।