हुम्ला, ४ साउन । वर्षाका कारण एघार दिनसम्म हवाइजहाज नआउँदा हुम्ला जिल्लामा उपभोग्य वस्तुको हाहाकार भएको छ ।
सदरमुकाममा खाद्यान्नको अभाव भएपछि बाहिरबाट आएका कर्मचारी तथा सर्वसाधारण गाउँघर तिर गएर रुखासुखा गहुँको रोटी खान बाध्य भएका छन् ।
अविरल वर्षाका कारण नेपालगन्ज र सुर्खेतबाट ११ दिनदेखि हवाइजहाज आउन नसक्दा स्थानीय बजारमा उपभोग्य सामानको समस्या भएको हो ।















प्रतिक्रिया