सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

मलेसियन एअरलायन्सको विमान दुर्घटनाबारे अनुसन्धानमा अवरोध

दैनिक नेपाल २०७१ साउन ३ गते १७:४१

aeroplane-crash-3काठमाडौं, श्रावण ३ । युक्रेनको पूर्वी क्षेत्रमा भएको मलेसियन एअरलायन्सको विमान दुर्घटनाबारे अनुसन्धान गर्ने क्रममा अवरोध भएको छ ।

त्यहाँ अनुसन्धान गर्न पुगेको अन्तर्राष्ट्रिय समुदाय (ओएससीइ)को टोलीलाई रुस समर्थित पृथकतावादीहरुले रोकेपछि अनुसन्धनमा अवरोध भएको हो ।

ओएससीइका प्रवक्ताले दुर्घटनाग्रस्त क्षेत्र हतियारधारीहरुको नियन्त्रणमा रहेको र उनीहरु मध्येबाट हावामा गोली हानेको र अनुसन्धानमा अवरोध भएको बताएका छन् ।

विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनको पूर्वी लोहान्स्क क्षेत्रमा ‘एमएच १७’ विमान जमिनबाट मिसायल हानी खसालिएको आशंका गरिएको छ । विमानमा सवार ८० बालबालिकासहित २ सय ९८ जना सबैको मृत्यु भएको छ । ‘बोइङ ७७७’ नेदरल्याण्डस्को आम्र्सटडमबाट मलेसियाको क्वालालाम्पुरतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

विमान युक्रेनको द्धन्द्धग्रस्त क्षेत्र डोनेस्क नजिकबाट रुसको भागतर्फ अगाडि बढ्नै लाग्दा आकाशबाट जल्दै खसेको थियो ।

विमानमा १ सय ८९ नेदरल्याडस्का, २७ जना अष्ट्रेलियाका, ४४ जना मलेसियाका, १२ जना इन्डोनेसियाका, १० जना बेलायतका नागरिक सवार रहेको जनाइएको छ । विमानमा सवार बाँकी ४३ जना यात्रुमा जर्मनी, बेल्जियम, फिलिपिन्स र क्यानाडाका नागरिक रहेको बताइएको छ ।

यता, विमान दुर्घटनामा युक्रेनका रुसी पृथकतावादीको हात रहेको आशंका गर्दै अमेरिकी राष्ट्रपति बराक ओबामाले तत्काल छानबिन गर्न माग गरेका छन् ।(एजेन्सी

प्रतिक्रिया
सम्बन्धित