बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

मधेस–केन्द्रित दल बजेटप्रति असन्तुष्ट

दैनिक नेपाल २०७१ साउन ३ गते १७:१७

finance-1काठमाडौ, ३ साउन । मधेस–केन्द्रित दलका नेताहरूले चालु आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट मधेसमैत्री नभएको बताएका छन् ।

मिडिया इन्टरनेसनले शनिवार राजधानीमा आयोजना गरेको एक अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन् । अन्तक्र्रियामा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विकास निर्माण र रोजगारी प्रवद्र्धन गर्न बजेटले कुनै पनि व्यवस्था नगरेको भन्दै रोष प्रकट गर्नुभयो । उहाँले कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटले तराई–मधेस क्षेत्रलाई उपेक्षा गरेको र परम्परागत ढाँचाबाट आएको दाबी गर्नुभयो ।

‘बजेट काठमाडौं–केन्द्रित मात्रै भएको र तराइलाई मात्र होइन कर्णालीलाई समेत उपेक्षा गरिएको छ’, उहाँले भन्नुभयो, ‘तुलनात्मक रूपमा मधेसको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई उपेक्षा गरिएको छ ।’

तराई मधेस सद्भावना पार्टीकी उपाध्यक्ष रानी तिवारीले नयाँ बजेटमा मधेस क्षेत्रलाई जम्मा १० प्रतिशत मात्र बजेट छुट्याएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाले नयाँ उद्योग स्थापनाका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित