सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

‘माघ ८ पछि केपी ओली प्रधानमन्त्री’

दैनिक नेपाल २०७१ साउन ३ गते १६:४८

hari- prajuli

काठमाडौ, ३ साउन । एमाले उपाध्यक्ष एव्म उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमका निकट मानिने कृषि मन्त्री हरिप्रसाद पराजुलीले आगामि माघ ८ गते भित्र संविधान जारी भएर एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले कार्यक्रममा यस पटक सरकारले किसानमुखी भएर कृषिको लागि योजना र बजेटको ब्यवस्था गरेको दाबी समेत प्रस्तुत गर्नुभयो । बजेट कार्यान्वयन भए मुलुकमा कृषि क्रान्ति हुने उहाँको तर्क थियो ।

उहाँले हलिया, कमैया, सुकुम्वासी र हरुवा चरुवाहरुलाई कृषिमा पूर्ण निर्भरता नबनाए सम्म कृषिको विकास र प्रर्वद्धन नहुने पनि जिकिर गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित