१ कार्तिक २०८३, आइतबार

प्रहरीलाई हातपात गर्ने डन समात्दा, कांग्रेसको चक्काजाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

flag-nccसुनसरी, ३ साउन । गत असार २१ गते मादकपदार्थ सेवन गरी सवारी चलाउँदै गर्दा पक्राउ परेका तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङलाई छुटाउँन माग गर्दै नेपाली कांग्रेस सुनसरी जिल्ला समितिले चक्काजाम गरेपछि यहाँको स्थिति तनावग्रस्त बन्यो ।

पक्राउ गर्ने क्रममा हातपात गरेपछि अहिले गुरुङसहित पक्राउ परेका ५ जनालाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको छ ।

पक्राउको विरोध गर्दै सुनसरीका धरान, इटहरी, इनरुवामा मुख्य सडकमा नाराबाजी गर्दै उनीहरुले एकघण्टा चक्का जाम गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

चक्काजाम कै कारण धरानबाट पूर्वी पहाड तथा झापा विराटनगर लगायतका स्थानमा जाने गाडी रोकिएका थिए भने हजारौँ यात्रुहरु अलपत्र परेका थिए ।

आन्दोलनकारीहरुले धरानको वडा प्रहरी कार्यालय अगाडी समेत चर्को नाराबाजी गरेका थिए ।

भीड उत्तेजित भएपछि प्रहरीले माइकिङ गर्दै आन्दोलन फिर्ता नलिए हस्तक्षेप गर्ने चेतावनी दिएको थियो ।

प्रहरी प्रशासनको चेतावनीपछि भीड नियन्त्रण भएको थियो । गुरुङ पूर्वका डनका रुपमा समेत परिचित छन् ।