सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

फरक चिनारी बनाउँदै डा. बाबुराम भट्टराई

दैनिक नेपाल २०७१ साउन ३ गते १५:३०

baburam-in-class-300x225

काठमाडौँ, ३ साउन । केही समय पहिला काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा गेष्ट लेक्चरका रुपमा एउटा कक्षा लिनु भएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार जनप्रशासन क्याम्पसमा पठाउनु भएको छ ।

उहाँले त्रिभुवन विश्वविद्यालय अन्तरगत जनप्रशासनका एमफिलका विद्यार्थीलाई अल्पविकास र नेपालको क्षेत्रीय संरचनाः माक्र्सवादी दृष्टिकोणबारे प्रवचन दिनु भएको हो ।

उहाँले आफूसँग भएको ज्ञान बाड्न र नयाँ पुस्ताबाट केही सिक्न कक्षा लिएको बताउने भट्टराईले समयले भ्याएसम्म अध्यापनलाई निरन्तरता दिने तर्क गर्नुभयो । अध्यापनका क्रममा भट्टराई जनप्रशासनमा पुग्दा उहाँकी पत्नी हिसला यमी पनि सँगै हुनुहुन्थ्यो ।

केही समय पहिला त्रिभुवन विश्वविद्यालयले उहाँलाई अतिथि प्राध्यापकको रुपमा अध्यापन गराउन आग्रह गरेको थियो ।

उहाँलाई त्रिविले यसै वर्षदेखि मानविकी तथा सामाजिक शास्त्रसंकायअन्तर्गत सञ्चालन गरेको अन्तर्राष्ट्रिय सम्बन्ध इन्टरनेसनल रिलेसन्स सम्बन्धी कार्यक्रम पढाइदिन प्रस्ताव गरेको थियो । ‘अन्तर्राष्ट्रिय सम्बन्ध’ अन्र्तगतको ‘मार्कसिस्ट पर्सपेक्टिभ अन इन्टरनेस्नल डिप्लोमेटिक्स’ शीर्षकको एउटा इकाइ पढाइदिन त्रिविले नै आग्रह गरेको थियो ।

त्यसमा उहाँ सकारात्मक देखिदैँ आउनु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित