३० आश्विन २०८३, शुक्रबार

कालीगण्डकी नदीको बीचभागमा अड्किएका बालकको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

myagdi_district-Map

म्याग्दी, ३ साउन । कालीगण्डकी नदीको बीचभागमा पुगेर अड्किएका एक बालकको शनिवार उद्धार गरिएको छ ।
म्याग्दी सदरमुकाम बेनीको खुलामञ्चनजिकै नदीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा खोलाको बीचमा पुगर फर्कन नसकी अलपत्र परेका ११ वर्षीय बालक सरोज नेपालीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो ।

जिल्लाको पिप्ले–५ घर भई हाल घरपरिवारसँग पर्वत बेनीमा बस्दै आएका बालक बिहान ९ः४५ बजे खोलामा फसेका थिए ।

उनलाई तत्कालै जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान सूर्यबहादुर थापा र कृष्ण श्रेष्ठले डोरीको सहायताले नदीको बीचभागबाट उद्धार गरेको प्रहरी सहायक निरीक्षक तीजबहादुर केसीले जानकारी दिए ।

दाउरा समात्न खोज्दा नदीको बहावले बीचभागमा पु–याइएका उनले त्यहीँ रहेको ढुंगामा उभिएर ज्यान जोगाएका थिए । अविरल वर्षाका कारण अहिले म्याग्दी नदीको बहाव बढेको छ ।