१ कार्तिक २०८३, आइतबार

म्याग्दीको अर्मन गाउँमा बाढी पस्यो, गाउँलेको भागदौड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

myagdi_district-Mapम्याग्दी, ३ साउन । म्याग्दीको अर्मन–३ छिसबाङमा अविरल वर्षासँगै आएको बाढी गाउँमा पसेपछि स्थानीयवासी त्रसित बनेका छन् । खहरेखोला पहिरोले थुनिएर गाउँतिर धार परिवर्तन गरेपछि गएराति सर्वसाधारणमा भागाभाग भएको थियो ।

बाढी गाउँमा पसेपछि स्थानीय युवा र सर्वसाधारणको सहयोगमा खहरेका १० घरधुरीलाई गएराति अन्यत्रै सारिएको स्थानीय दधिलाल किसानले जानकारी दिए ।

उनका अनुसार बाढी र पहिरोले सेउलाबोट, गहते, पुलगैरा, खहरेलगायतका बासिन्दाको सिँचाइ र खानेपानी आयोजनामा समेत क्षति पुर्‍याएको छ ।

अहिले बाढी र पहिरोबाट १५ घर प्रभावित बनेको बताइएको छ ।