सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

सिन्धुपाल्चोकमा फेरि चार जना चक्तचन्दन तस्कर समातिए

दैनिक नेपाल २०७१ साउन ३ गते १२:४०

solidaritynews_image_large_1188

सिन्धुपाल्चोक, ३ साउन । रक्तचन्दन तस्करीका लागि प्रख्यात मानिदैँ आएको सिन्धुपाल्चोकमा एक हजार ४६ केजी रक्तचन्दनसहित चार जना पक्राउ परेका छन् ।

उनीहरु काठमाडौँबाट तोतोपानी हुँदै चाइनातिर निकासी गर्नका लागि रक्तचन्दन लिएर जाँदै गर्दा रक्तचन्दनसहित पक्राउ परेका हुन् ।

उनीहरु ना २ ख ३१५ र ना २ ख ५८६८ नम्बरको मोबाइल भ्यानमा रक्तचन्दन लिएर जाँदै गर्दा चेकजाँचका क्रममा पक्राउ परेका हुन् । चेकजाँचका क्रममा उक्त मात्राको रक्तचन्दन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

ना २ ख ५८६८ नम्बरको भ्यानमा ८ सय ६० किलो र ना २ ख ३१५ नम्बरको भ्यानबाट एक सय ८६ किलो रत्तचन्दन बरामद गरिएको हो । रत्तचन्दनसँगै तातोपानीका ४ का फुर्वा तामाङ, लिस्थी ६ का छेवाङ लामा, लिस्थी १ का मिङयार शेर्पा, र सोही ठाउँका दोर्जे शेर्पालाई पक्राउ परेका हुन् ।

बरामद गरिएको रत्तचन्द इप्रका बाह्रविसेमा राखिएको छ । रत्तचन्दनसहित पक्राउ परेका चारै जनालाई इप्रपा बाह्रबिसेमा राखिएको र थप अनुसन्धानपछि कारबाहीका गरिने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित