३० आश्विन २०८३, शुक्रबार

अर्जेन्टिनाको जर्सी किन्न बालक अपहरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Argentina-tshirt

काठमाडौं, ३ साउन । मन परेको देशको जर्सी, जुत्तामोजा र मोवाइल किन्न एक किशोरले तीन बालकलाई बन्धक बनाई अभिभावकसँग फिरौती असुलेका छन् ।

भरतपुर नगरपालिका ७ का १७ वर्षीय टेकबहादुर सुयलले बडा नम्बर १२का १२, १३ र १४ वर्षका बालकलाई बन्धक बनाई ५० हजार रुपैयाँ असुलेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक शान्तराज कोइरालाका अनुसार घटना असार ३२ गतेको हो । अर्जुन पनि भनिने सुयलले फुटबल सिकाउने बहानामा ती बालकलाई दिउँसो २ बजे नाराणगढस्थित क्याम्पाचौर पुर्याएका थिए ।

त्यहाबाट नजिकैको नारायणी कला मन्दिरमा तीन बालकलाई बन्धक बनाइ अभिभावकलाई फोन गरेर धम्क्याउँदै पैसा मागेका थिए । तीनै अभिभावकसँग सुरुमा १० लाख रुपैयाँ मागेपनि पछि ५० हजारमा सहमति भएछ, कोइरालाले भने ।

सोही दिन अभिभावकले नारायणगढ सहिदचोकमा पैसा बुझाएपछि बालकहरु मुक्त भएका नागरिक दैनिकमा समाचार छ । घटनाबारे प्रहरीले भोलिपल्ट बिहीबार जानकारी पाएपछि किशोरलाई पक्राउ गरेको छ । किशोरले भारतीय टिभी च्यानलमा आउने सिआइडी सिरियल हेरेर पैसाका लागि अपरहण योजना बनाएको बताएका छन् ।