३० आश्विन २०८३, शुक्रबार

घर भत्किँदा दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baitadi_district_Mapबैतडी, २ साउन । बैतडीको उदयदेव गाविसमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई बालबालिका घाइते भएका छन् ।

तीन दिनदेखि लगातार परेको वर्षाले उदयदेव गाविस–७ सोलपलाका ७० वर्षीय आनसिंह महता र उनकी श्रीमती ६४ वर्षीया सुनादेवी महताको मृत्यु भएको प्रहरीले बताएको छ ।

उनीहरूसँगै रहेका चार वर्षीया नातिनी सपना महता र डेढ वर्षीय नाति विशाल घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक अनिल उप्रेतीले बताए ।

घरको भान्सामा बसिरहेका बेला घर भत्किएपछि गम्भीर घाइते बनेका दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली ल्याइँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।

मृतकको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो ।

घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । मृतकका शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी ल्याइँदै छ ।

पहिरोबाट कटेरो पुरियो

उता, पोेखरामा बिहीबार राति परेको अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले लेखनाथ नगरपालिका–४ अमलाचौर बस्ने कुलदीप बरालको कटेरो पुरिएको छ ।

पहिरोले गाईवस्तुलाई नपुरे पनि झन्डै चार लाख बराबरको क्षति भएको पीडित बरालले बताए । पहिरो बिहानपख गएकाले स्थानीय जनताको सहयोगबाट पन्छाई गाईवस्तुलाई जोगाइएको थियो ।