३० आश्विन २०८३, शुक्रबार

प्युठानमा आफ्नै घरमा आगो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pyuthan-1प्युठान, २ साउन । प्युठान जिल्लाको रजवारा–१ निवासी बमबहादुर केसीले आफ्नै घरमा आगो लगाएका छन् ।

श्रीमान्–श्रीमतीबीचमा सामान्य झगडापछि श्रीमती माइत गएको समयमा २६ वर्षीय केसीले आफ्नो घरमा आगो लगाएको स्थानीयवासीले बताएका छन् ।

केसीका बाबु, आमा र भाइ भारतमा रोजगारीको सिलसिलामा गएको र केही वर्षदेखि उतै बस्दै आएका छन् । आगो स्थानीयवासीले नियन्त्रणमा लिएका छन् ।

घरमा खान र लगाउनसमेत समस्या पर्ने गरेको भन्दै श्रीमती सावित्रा केसीले आफू साउने सङ्क्रान्ति मान्न लागि माइत गएको समयमा आगो लगाएको बताए ।