काठमाडौँ, २ साउन । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको वैधानिक अध्यक्ष लोकेन्द्रबहादुर चन्दलाई मान्न अस्वीकार गरेको छ ।
आयोगले चन्दलाई अध्यक्ष मान्न अस्वीकार गरेपछि राप्रपाको आधिकारिकता विवादको अन्त्य भएको छ ।
आयोगको निर्णय अनुसार अव पशुपति शमशेर राणा नै राप्रपाको आधिकारिक अध्यक्ष हुनुभएको छ ।
राप्रपाको अध्यक्ष आफू भएको दाबीसहित चन्दले आयोगमा दिएको निवेदन खारेजी भएपछि राणा अध्यक्ष रहेको केन्द्रीय समितिलाई मान्यता मिलेको छ ।
यता चन्द पक्ष भने आयोगको निर्णय चित्त नबुझेको भन्दै अदालत जाने भएको छ ।
आलोपालो प्रणाली अनुसार सूर्यबहादुर थापापछि लोकेन्द्रबहादुर चन्द अध्यक्ष हुनुपर्ने दाबी चन्द पक्षको दाबी थियो ।
तर, थापाले राणालाई अध्यक्ष बनाएपछि राप्रपा भित्रको बिवादले उग्ररुप लिएको थियो ।
















प्रतिक्रिया