काठमाडौँ, ३० असार । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको दोस्रो दिनको मतगणनामा वरिष्ठ नेता माधवकुमार नेपालले अग्रता लिनु भएको छ ।
पछिल्लो जानकारी अनुसार वरिष्ठ नेता माधव नेपालले ६४० मत प्राप्त गर्नुभएको छ ।
मतगणना भएको पहिलो दिन ५१ मतले पछि पार्नु भएका संसदीय दलका नेता केपी ओली अहिले नेपाल भन्दा झण्डै ५० मतले पछि पर्नु भएको छ । उहाँले पछिल्लो जानकारी अनुसार ५९३ मत ल्याउनु भएको छ ।
बुथ नंं १ को मतगणना आइतवार गणना गरिसकेपछि सोमवार दुई बुथका मतपेटिका खोलिएको हो। सोमावार ९ बजेवाट गणना शुरु दुई र तीन नम्बरका बुथमा मेची, कोशी र सगरमाथा अञ्चलका साथै बिभिन्न जनसंगठन र धनुषा जिल्लाका केही मत छन् ।
भूमिहीन किसान महासंघ, अपांग संघ, मुक्ति समाज, खेलकुद महासंघ, भूपू सैनिक, प्रेस चौतारी, बुद्धिजिवी, अञ्चल सम्पर्क मञ्चका मत २ नं. बुथमा छन् ।
जनकपूर, नारायणी, बामगती र काठमाडौंको आधा तथा उपत्यकाका बाँकी मत ३ नम्बर बुथमा छन् ।
कसको कति मत ?
अध्यक्ष, माधवकुमार नेपाल–६४० केपी शर्मा ओली–५९३
उपाध्यक्ष नेपाल र ओली समूह
युवराज ज्ञवाली–६८८ , बामदेव गौतम–६३६, अष्टलक्ष्मी शाक्य–६७३, विद्यादेवी भण्डारी–६३०, भिम रावल–६९०, प्रदीप नेपाल–५८०,राजेन्द्रa पाण्डे–६६३, किरण गुरुङ–५५२ , लालबाबु पण्डित–६५५, धर्मनाथ साह–५४४
महासचिव नेपाल र ओली समूह
सुरेन्द्र पाण्डे–६६२, ईश्वर पोखरेल–५६६
उपमहासचिव नेपाल र ओली समूह
रघुजी पन्त–६३२, विष्णु पौडेल–६१८, घनश्याम भुसाल–६९४ ,शंकर पोखरेल–५५१
सचिव नेपाल र ओली समूह
गोकर्ण विष्ट–७७६, प्रदीप ज्ञवाली–६४१, योगेश भट्टराई–६८७,पृथ्वी सुब्बा गुरुङ–५८२, भीम आचार्य–६६४, विष्णु रिमाल–५७१, बेदुराम भुसाल–६३०, रघुवीर महासेठ–५०५, पर्शुमेघी गुरुङ–६६२, केशवलाल श्रेष्ठ–५०५ ।
यस्तो पनि देखियो
४४ जनाले अध्यक्षको पदमा कसैलाई भोट दिएनन् ।
३७ जनाले माधव नेपालको पूरै प्यानललाई भोट दिए, तर अध्यक्षमा नेपाललाई दिएनन् ।
७ जनाले केपी ओलीको पूरै प्यानललाई भोट दिए, तर अध्यक्षमा ओलीलाई दिएनन् ।
















प्रतिक्रिया