विराटनगर, ३० असार । मोरङको बेलवारी–४ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार साँझ भएको सवारी दुर्घटनामा दुईजनाको मृत्युभएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पश्चिमबाट पूर्व गइरहेको ट्रिपरले विपरीत दिशाबाट आइरहेको को९प ४५४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङको कोसी–
हरैचा नगरपालिकाका ३५ वर्षीय सन्तोष वास्तोला र इन्द्रपुर–८ का ३५ वर्षीया देवीप्रसाद वाग्लेको मृत्युभएको हो ।
ट्रिपर र त्यसका चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया