काठमाडौँ, २९ असार । सरकारले आगामी आर्थिक वर्ष २०७१/७२ का लागि रु छ खर्र्ब १८ अर्ब १० करोडको वार्षिक बजेट प्रस्तुत गरेको छ ।
दोस्रो संविधानसभा निर्वाचनपछि बनेको सरकारका अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका–संसदको बैठकमा प्रस्तुत गर्नुभएको आयव्यय विवरण (बजेट)मा विनियोजित रकममध्ये चालु खर्च रु तीन खर्ब ५३ अर्ब ४२ करोड छुट्याइएको बताउनुभयो ।
त्यसैगरी उहाँले पुँजीगत खर्च रु एक खर्ब ६६ अर्ब ७५ करोड ८५ लाख र वित्तीय व्यवस्थातर्फ रु ७८ अर्ब ७२ करोड विनियोजन गरिएको जानकारी दिनुभयो ।
















प्रतिक्रिया