१ कार्तिक २०८३, आइतबार

एमालेको मतगणना स्थलमा सीसीटीभी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

काठमाडौं, २९ असार । मतगणनास्थलमा सीसीटीभी राख्नुपर्ने अडानपछि नेकपा एमालेको नयाँ नेतृत्व छनोटका लागि भएको निर्वाचनको मतगणना कार्यमा ढिलाई भएको छ ।

मतगणना सम्वन्धी आचारसंहिता, विधि र प्राविधिक कुराहरुमा वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली समूहबीच सहमति नभएपछि शनिवार हुने मतगणना कार्य आइतवारसम्मलाई स्थगन भएको थियो ।

अध्यक्षका प्रत्याशी माधवकुमार नेपालले मतगणनास्थलमा सीसीटीभी राख्नुपर्ने भनेपछि अहिले मतगणना स्थल दशरथ रंगशालास्थित कभर्डहलमा सीसीटीभी जडान गरिएको छ ।

शनिवार स्थगन भएको मतगणना आइतावर विहानै ८ बजेबाट सुरु गर्ने भनिएपनि अझै सुरु हुन सकेको छैन ।

UML_Leader

निर्वाचन आयोगले दिएको जानकारी अनुसार पदाधिकारीको गणना सकेपछि मात्र केन्द्रीय कमिटी र आयोगहरुको मतगणना थालिने छ ।

रंगशालाभित्र ६ ठाउँबाट पदाधिकारी एवं सदस्यहरुको एकसाथ मत गणना गरिने छ ।