काठमाडौँ, २८ असार । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना शनिवार नहुने भएको छ ।
शनिवार साँझ पाँच बजेबाट मतगणना सुरु गर्ने भनिए पनि अन्तिम समयमा आएर स्थगन गर्नु परेको युवा नेता योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँ सचिव पदका उम्मेदवार समेत हुनुहुन्छ । उहाँका अनुसार आइतबार ८ बजेबाट मतगणना हुने भएको छ ।
‘निर्वाचन आचारसहिंता, प्रतिनिधिको पास बनाउनेलगायतको मतगणनाका लागि आवश्यक तयारी नपुगेकाले शनिवारलाई मतगणना कार्य स्थगन गरिएको हो,’ भट्टराईले भन्नुभयो, ‘ दुबै पक्षको समझदारीमा मतगणना सारेका हौँ ।’
शनिवार नै मतगणना गर्ने भनेपछि मतगणनास्थल दशरथ रंगशाला स्थित राष्ट्रिय खेलकुद परिषद परिसरमा नेता कार्यकर्ताको भिड लागेको थियो । २१ सय ५४ जना प्रतिनिधिले मतदान गरेको निर्वाचनमा वरिष्ठ नेता माधव कुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले प्यानल नै बनाएर चुनाव लड्नु भएको छ ।
















प्रतिक्रिया