१ कार्तिक २०८३, आइतबार

गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gurupurnima_c-2

काठमाडौँ, २८ असार । हिन्दु धर्मावलम्बीहरुको महान पर्व गुरु पूर्णिमा शनिवार मुलुकभरी आफूलाई शिक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै धुमधामका साथ मनाइएको छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीको अवसरमा वैदिक कालदेखिनै गुरु पूर्णिमा मनाउन थालिएको हो । संस्कृतमा ‘गु’को अर्थ अन्धकार र ‘रु’को अर्थ प्रकाश भन्ने हुन्छ ।

आफ्ना शिष्यलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरुमा रहेको अन्धकाररुपी अज्ञान हटाउने गुरुलाई ब्रम्हा, विष्णु, महेश्वर र साक्षात् परम्ब्रम्हास्वरुप मानिन्छ । यही परम्परा अनुसार हरेक बर्ष नेपालमा गुरु पूर्णिमा मनाउने गरिएको छ ।