काठमाडौँ, २७ असार । नेपाली कांग्रेस र नेकपा एमालेका ३२ सभासद्ले आव २०७१÷०७२ को बजेटमा आफूहरूको मागबमोजिम न्यूनतम र रु पाँच करोड विनियोजन गर्न माग गरेका छन् ।
राजधानीमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सभासद्ले सो रकम दुरुपयोग हुन्छ भनी आशङ्का नगर्न आग्रह गर्दै रकम जिविसमार्फत निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत पारदर्शीरुपमा खर्च गर्न सकिने तर्क दिनुभयो ।
कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद् शङ्कर भण्डारीले आफूहरूले निजी कार्यका लागि बजेट माग गरेको नभई स्थानीय जनताको मागबमोजित जनतालाई सोझै विकासका कार्यक्रम उपलब्ध गराउन तथा बृहत् परियोजनाका रुपमा रकम माग गरिएको स्पष्ट गर्नुभयो ।
त्यस्तै मीनबहादुर विश्वकर्मा, विदुर सापकोटा, रामहरि खतिवडा, डा गणेशकुमार मण्डल, रामवीर मानन्धर, दीपक कार्की, तप्तबहादुर विष्ट, तेजुलाल चौधरी, अमृत अर्याल, अनन्तप्रसाद पौडेल, केशवकुमार बुढाथोकीलगायतले भण्डारीको भनाइलाई समर्थन गर्नुभयो ।
















प्रतिक्रिया