२९ आश्विन २०८३, बिहिबार

विश्वकपको सुरक्षाका लागि २६ हजार सुरक्षाकर्मी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

रियोworld-cup-final5 डे जेनेरियो, २७ असार । ब्राजिलको माराकाना स्टेडियममा आइतबार हुने विश्वकप फुटबलको फाइनल खेलको लागि ब्राजिल सरकारले २६ हजार सुरक्षाबल तैनाथ गर्ने भएको छ ।

प्रहरी, सैनिक र निजी गार्डहरु गरेर २६ हजारको सङ्ख्यामा सुरक्षाबल तैनाथ गरिने ब्राजिल सरकारद्धारा बिहीबार राति प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सो घोषणा सरकारी अधिकारीहरु र विश्वकप सञ्चालन गर्ने प्रमुख संस्था एफआइएफएका प्रतिनिधिहरुले गरेका हुन ।

ब्राजिल सरकारले सार्वजनिक सुरक्षाको लागि यो व्यवस्था गरिएको र सुरुदेखि नै ब्राजिल सरकार सुरक्षाको व्यवस्था मिलाउँदै आएको ब्राजिलका न्याय मन्त्री जोसे इडुआर्डो क्यार्डोजोले बताउनु भएको छ ।

विश्वकफ फुटबलको सुरुदेखि हालसम्म ब्राजिलले करिब एक लाख प्रहरी र ५० हजार सैनिक तैनाथ गरेको बताएको छ ।

विश्वकफ फुटबलको यस खेलमा सुरक्षाको लागि मात्र ब्राजिल सरकारले ८० करोड अमेरिकी डलर बरबर खर्च गरको जनाइएको छ ।

विश्वकप फुटबलको अन्तिम चरणको ९फाइनल० खेल अर्जेन्टिना र जर्मनीबीच स्थानीय समयानुसार आगामी आइतबार साँझ ५ बजे हुने जनाइएको छ । राससरसिन्ह्वा