काठमाडौं, २७ असार । नेतृत्व छनोटका लागि राजधानीमा जारी नेकपा एमालेको नवौँ महाधिवेशनको निर्वाचन प्रक्रिया लम्विएको छ ।
शुक्रवार विहान ८ वजेदेखि नै विर्नाचन सुरु गर्ने भनिए पनि अहिलेसम्म सुरु भएको छैन । मतदान मतपत्र छपाईको काम नसकिएको भन्दै निर्वाचन आयोगले निर्वाचन प्रक्रियामा अझै ढिलाई हुने जानकारी दिएको छ ।
आयोगले दिएको जानकारी अनुसार दिउँसो ३ बजेपछि मात्र निर्वाचन प्रक्रिया सुरु हुने छ । निर्धारित मिति अनुसार महाधिवशेन बिहीवार नै सकिनु पर्ने हो ।
तर, मतदान प्रक्रियामै अन्योल भएपछि महाधिवेशन मिति अझै लम्बिने संकेत देखिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली चुनावी मैदानमा हुनुहुन्छ ।
निर्धातिर समयमा मतदान प्रक्रिया सुरु नभएपछि नेपाल–ओली दुबै समूहका कार्यकर्ता महाधिवेशनस्थल भृकुटीमण्डप वरिपरी नाराबाजी गरेर दिन विताइरहेका छन् । उनीहरुले एक अर्काविरुद्ध चर्का नाराबाजी गरेपछि त्यहँ झडप हुने समेत संभावना देखिएको छ ।
निर्वाचन आचारसंहिता अनुसार महाधिवेशन स्थल वरपर पर्चा, पोष्टर गर्न र नारावाजी गर्न नपाइने भए पनि त्यसको समेत व्यवास्था गर्दै कार्यकर्ताले नाराबाजी र पर्चा पोष्टर गरेका छन् ।
















प्रतिक्रिया