१ कार्तिक २०८३, आइतबार

बिरामी बोक्ने एम्बुलेन्सनै दुुर्घटना, आठ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nawolparasi-4

कावासोती, २७ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डण्डामा शुक्रवार बिहान एम्बुलेन्स दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

कपिलवस्तुबाट भरतपुरका लागि हिँडेको ना२ख २४६ नम्बरको एम्बुलेन्स तीव्र गतिका कारण दुर्घटना हुँदा कपिलवस्तु कजरहवा–४ का चार वर्षीय मोहमद असिफ, ३६ वर्षीय भैवु आलाम, शशिसलाम मुसलमान, सुन्द्रास हुसेन, हडलर निसाद, कितामुनि निसालगायत घाइते भएका हुन् ।

घाइतेहरुको चितवनको भरतपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी वामदेव गौतमले जानकारी दिनुभयो ।