काठमाडौं, २७ असार । अध्यक्षका उम्मेदवार माधवकुमार नेपाल र केपी शर्मा ओली दुवैको प्यानलमा परेपछि नेकपा एमालेका दर्जनौं नेताहरुले विद्रोह गरेका छन् ।
आमरुपमा समूहगत उम्मेदवारी परे पनि दुबै समूहको सूचीमा नपरेका तथा असन्तुष्ट बनेका केहीले केन्द्रीय र वैकल्पिक सदस्यमा उम्मेदवारी दिएका हुन् ।
यसरी उम्मेदवारी दिनेमा खुल्ला केन्द्रीय सदस्यतर्फ कुन्द भट्टराई, योगेन्द्र शाही, हरि वैरागी दाहाल, हीराबहादुर खत्री, वैकल्पिक खुल्ला सदस्यमा कुमारी शान्ता पाख्रिन, वैकल्पिकबाटै जनजातितर्फको केन्द्रीय सदस्यमा सिपी घर्ती, मधेसीतर्फ शैलेन्द्र शाह, कालीचन्द्र शाह, सीतादेवी शाह, मुस्लिमबाट इलियास अन्सारी, दलितमा भवानी विक, रामकुसन मण्डल, रामाअवतार यादव र रामलखन हरिजन लगायत छन् ।
















प्रतिक्रिया