काठमाडौँ, २७ असार । नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि बिहान १० बजेबाट निर्वाचन हुने भनिए पनि मतदान सुरु हुन सकेको छैन ।
प्रतिनिधिहरूको मतदाता परिचयपत्र बनाउने कार्य भइरहेकाले मतदानमा ढिलाइ भएको हो । सो परिचयपत्रमा अध्यक्ष झलनाथ खनाल र दुई समूहका तर्फबाट भीम रावल र भीम आचार्यले हस्ताक्षर गर्ने काम भइरहेको छ ।
केन्द्रीय निर्वाचन आयोगले मतदाता परिचयपत्र तयार पारी दिवा खानापछि मतदान गराउने योजना बनाएको छ । प्रारम्भिक निर्वाचन कार्यक्रममा आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने उल्लेख थियो तर बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ हुन गयो ।
अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओली अहिले महाधिवेशन स्थलभित्र हुनुहुन्छ ।
कुल १४९ सदस्यीय केन्द्रीय कमिटीमा दुई समूहले सबै पदमा उम्मेदवारी दिएका छन् ।
मतपत्र पनि समूहगत पहिचान हुने गरी तयार गरिएको आयोगका सदस्य सानुराज पोखरेलले जानकारी दिनुभयो ।
















प्रतिक्रिया