काठमाडौँ, २६ असार । राजधानीको भृकुटीमण्डपमा जारी नेकपा एमालेको नवौं महाधिवेशनको बिहीवारबाट निर्वाचन प्रक्रिया सुरु भएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओलीले छुट्टाछुट्टै प्यानल बनाएर उम्ेमदवारी दिएको निर्वाचनमा १५ पदाधिकारीसहित १५९ केन्द्रीय कमिटीका लागि मतदान हुने छ।
निर्वाचन आयोगले प्रकाशित गर्ने मतपत्रमा पनि स्पष्ट रुपमा नेपाल र ओली प्यानल राखेर नै ल्याउने भएको छ ।
निर्वाचन तालिका अनुसार बिहीवार साढे ४ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गर्ने, ४ बजेदेखि ६ बजेसम्म नाम फिर्ता लिने र सात बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।
















प्रतिक्रिया