१ कार्तिक २०८३, आइतबार

राप्रपा नेपालले धर्म निरपेक्षताविरुद्ध सदन र सडकमा आन्दोलन गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rpp-nepal

काडमाडौँ, २६ असार । हिन्दु राज्यको माग गर्दै आएको राप्रपा नेपालले धर्म परिर्वतन र तथा धर्म निरपेक्षताविरुद्ध सदन र सडकमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्य सम्पादन समितिको बिहीबार बसेको यस्तो निर्णय गरेको हो । बैठकले नेपाललाई सर्वधर्म समभाव सनातन हिन्दुराष्ट्र कायम गराउन, धर्म परिवर्तन गराउने असंवैधानिक कार्य तथा धर्म निरपेक्षताको विरुद्धमा पार्टीले सदन र सडक संघर्ष गर्ने निर्णय समेत गरेको छ ।

बैठकले देशब्यापी रुपमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम अभियान र राष्ट्रिय मेलमिलापको सन्दर्भमा पार्टीद्धारा गोष्ठी आयोजना गर्ने निर्णय गरेको राप्रपा नेपालका प्रवक्ता विष्णु भट्टराईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।