बर्दिया, २६ असार । नेटवर्किङ्गको नाममा ठगी गर्दै हिँडेको आरोपमा बर्दियामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सोरहवा गाउं विकास समिति वडा नम्बर ९ का ४२ बर्षीया रामचन्द्र चौधरी र मैनापोखर ६ का ३८ वर्षीया केशरजंग थारुलाई प्रहरीले पक्राउ गरेको हो । भारतको बनारसमा रहेको विनविन ट्रेडमार्क कम्पनीका नाममा ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नेटवर्किङ्गको नाममा पीडित रुपलाल थारुसंग उनीहरुले २ लाख २ हजार ४ सय नेपाली रुपैयां भारतको पंजाव नेशनल वैंकमा जम्मा गर्न लगाई ठगी गरेका थिए । पीडित रुपलाल थारुकै उजुरीको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
















प्रतिक्रिया