१ कार्तिक २०८३, आइतबार

ओलीको पूरै प्यानल तयारी, औपचारिक घोषणा ३ बजे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-oli-new

काठमाडौँ, २६ असार । नेकपा एमालेको जारी नवौं महाधिवेशनबाट भाबी अध्यक्षका लागि उम्मेदवारी दिनुभएका संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो तर्फको पुरै प्यानल घोषणा गर्नुभएको छ ।

अध्यक्ष सहित १ सय ५९ सदस्यीय केन्द्रीय कमिटीका लागि उहाँले सबै सदस्यको नाम तय गरेको स्रोतले जानकारी दिएको छ । औपचारिक घोषणा भने दिउँसो ३ बजे गर्ने कार्यक्रम तय भएको छ । ओली, बामदेव गौतम र इश्वर पोखरेलबीच भएको छलफलले केन्द्रीय पदाधिकारी र सदस्यहरुको नाम टुंगो लगाएको हो ।

ओली समूहबाट केन्द्रीय सदस्यका उम्मेदवार बन्नु भएका हिक्मत कार्कीले पदाधिकारीमा सबैको टुङ्गो लागे पनि केन्द्रीय सदस्यहरुमा भने सामन्य हेरफेर हुनसक्ने जानकारी दिनुभयो ।
पदाधिकारीमा को–को ?

ओली समूहबाट अध्यक्षमा ओली, उपाध्यक्षमा बामदेव गौतम, विद्या भण्डारी, प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथप्रसाद शाहको उम्मेदवारी परेको छ । महासचिवमा इश्वर पोखरेल र उपमहासचिवमा बिष्णु पौडेल र शंकर पोखरेलले उम्मेदवारी दिनुभएको छ । सचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, केशवलाल श्रेष्ठ, रघुवीर महासेठ र बिष्णु रिमाल हुनुहुन्छ ।

केन्द्रीय सदस्य खुल्लामा

बिन्दा पाण्डे, भानुभक्त ढकाल सूर्य थापा, राजन भट्टराई, रविन्द्र अधिकारी, रामनाथ ढकाल, लक्ष्मण ज्ञवाली, दामोदर भण्डारी, केशव बडाल, छबिलाल विश्वकर्मा, काशिनाथ अधिकारी, महेन्द्र पाण्डे, खगराज अधिकारी, अग्नि खरेल, कर्ण थापा, गुरु बराल, देवराज भार, देवीप्रसाद ज्ञवाली, नेत्र पन्थी र भानुभक्त जोशी छानिनु भएको छ ।

त्यस्तै टुकराज सिग्देल, रामेश्वर फुयाल, गोपाल शाक्य, बलराम बास्कोटा, मोहनसिंह राठौर, देवेन्द्र दाहाल, आनन्द पोखरेल, रविन्द्र अधिकारी, रामनाथ ढकाल, लक्ष्मण ज्ञवाली, दामोदर भण्डारी, महेश बस्नेत, अच्युत मैनाली, लिला गिरी, प्रेम दंगाल, केशव पाण्डे, शारदाप्रसाद सुवेदीर बिनोद शाह खुल्ला केन्द्रीय सदस्यको उम्मेदवार बन्नु भएको छ ।

खुल्लातर्फको बैकल्पिक केन्द्रीय सदस्यमाजनक पौडेल, खेम लोहनी, सरेश नेपाल, किशोर अधिकारी, युवराज बास्कोटा, माधव ढुंगेल र नवराज शर्माको उम्मेदवारी परेको स्रोतले जानकारी दिएको छ ।

अञ्चल भूगोलबाट

मेची हिक्मत कार्की र रोम कार्की, कोशी राजेन्द्र गौतम , विनोद ढकाल, सगरमाथा नरेन्द्र पोखरेल र विशाल भट्टराई, जनकपूर केशव देवकोटा र मनोज देवकोटा, बागमती कैलाश ढुंगेल र गोकुल बास्कोटा रहनु भएको छ । ओली पक्षले उपत्यकाबाट बिनोद श्रेष्ठ र नारायण सिलवाल, नारायणीबाट बिजय सुवेदी र निर्मला देवकोटा, गण्डकीबाट मायानाथ अधिकारी र रामशरण बस्नेतलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै लुम्बिनीबाट खिमलाल भट्टराई र तिलक महत, धवलागिरीबाट गणेश तिमिल्सिना र भुपेन्द्र थापा, राप्तीबाट खेममान खड्का र गुलाबजंग शाह, भेरीबाट यमलाल कडेल र लक्ष्मी पोखरेल, कर्णालीबाट गोरखवहादुर बोगटी र हंशराज शाही, सेतीबाट महेश्वर पाठक र चक्र मल्ल तथा महाकालीबाट गणेश सिंह ठगुन्ना र विक्रम शाही रहनु भएको छ ।

दलितबाट

जितु गौतम, जगत विश्वकर्मा, भागवत विश्वासी, इश्वरी रिजाल, एकराज विक उम्मेदवार बन्नु भएको छ । दलित तर्फकै बैकल्पिक केन्द्रीय सदस्यमा गोविन्द नेपाली, पुरनसिंह दयाल र तिल विश्वकर्मा हुनुहुन्छ । मुस्लिम कोटामा ओली प्यानलबाट नजिर मिया र सिराज अहमद फारुकी पूर्ण तथा तैयब हुसेन बैकल्पिकमा पर्नु भएको छ ।

महिला
महिला कोटाको पूर्ण सदस्यमा थममाया थापा, राधा ज्ञवाली, गोमा देवकोटा, सिता पौडेल, सुजिता शाक्य, सावित्रा भुषाल, टुका हमाल, गौरी ओली, महिन सुब्बा लिम्बु, मेनका काफ्ले, पद्मा अर्याल, जानुका सिम्खडा, शान्ति ढकाल, शोभा ज्ञवाली, सुमित्रा बिसी, सिर्जना शर्मा र डा. शिवमाया तुम्बाहम्फेको उम्मेदवारी परेको छ । बैकल्पिक महिला केन्द्रीय सदस्यमा निरु पाल, मना केसी, शान्ता आचार्य, सीता सुन्दास र विमला घिमिरे उम्मेवार बन्नु भएको छ ।

मधेशीबाट
रामप्रीत पासवान, सत्यनारायण मण्डल, योगनारायण यादव, श्रीप्रसाद साह, कमलादेवी महतो, जीबच्छ साह, बलदेव चौधरी, नरुलाल चौधरी, जगदीस कुसियत र रन्जु ठाकुर उम्मेदवार बन्नु भएको छ । मधेशी तर्फ बैकल्पिक केन्द्रीय सदस्यमा दिनेशचन्द्र यादव, सरोज यादव, हरिनारायण महतो र भगवती चौधरीको उम्मेवारी परेको छ ।

जनजाति

दलवहादुर राना, सानुकुमार श्रेष्ठ, एकबहादुर राना, गोकलु घर्तीमगर, शेरधन राई, ज्ञानवहादुर भुजेल, डम्बर सम्बाहम्फे, सर्वध्वज साँवा, खगेन्द्र राई, लिलानाथ श्रेष्ठ, बालगोपाल थापा मगर, रामेश्वर राना ओली पक्षका जनजाति उम्मेदवार हुनुहुन्छ । त्यस्तै जनजातितर्फकै बैकल्पिक केन्द्रीय सदस्यमा दावा दोर्जे लामा, कृष्णमोहन गौचन, खिम थापामगर, राजेन्द्र राई धनकुटा, बिना श्रेष्ठ र पार्वत गुरुङ उम्मेवार बन्नु भएको छ ।

पेशागत र पिछडिएको क्षेत्र
मजदूतर तथा पेशागत समूहबाट जिफन्टका उद्धब केसी र शिक्षक संगठनका अध्यक्ष बाबुराम थापा पूर्ण केन्द्रीय सदस्यको उम्मेदवार बन्नु भएको छ । बैकल्पिकमा चन्द्र रिजाल, मोहन रेग्मी र हरिदत्त जोशी हुनुहुन्छ । पिछडिएको क्षेत्रबाट लालवहादुर थापा, मोहन बानिया र भैरवसुन्दर श्रेष्ठ उम्मेदवार बन्नु भएको छ । सम्पर्क बिभागबाट भिष्म अधिकारी उम्मेवार हुनुहुन्छ ।