चितवन, २६ असार । नारायणगढ–मुग्लिङ सडकखण्डको घुमाउनेमा बिहीबार बिहान कार दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बा९च ७७८८ नम्बरको कार सडकबाट झन्डै ६० मिटर तल खस्दा कारमा सवार काठमाडौँ धापासी बस्ने ४० वर्षीय चिजबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै तनहुँ सप्तगण्डकी नगरपालिका–२ बस्ने ३० वर्षीय कार चालक देवन थापा र सोही ठाउँ बस्ने २९ वर्षीय सुनिल बसौला घाइते भएका छन् । उनीहरुको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया