काठमाडौँ, २६ असार । राजधानीमा जारी नवौँ महाधिवशेनबाट सर्वसम्मत रुपमा भाबी अध्यक्ष चुन्ने नेकपा एमालेको प्रयासमा पूर्णविराम लागेको छ ।
भावी अध्यक्षका प्रत्यासी बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली दुबैले बिहीवार आ–आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेपछि त्यस्तो प्रयासमा पूर्णविराम लागेको हो । निर्वाचन आयोगले तोकेको समयमै नेता ओली र नेपालले निर्वाचन समिति समक्ष अध्यक्षमा आफ्नो मनोनयन दर्ता गराउनु भएको हो ।
निर्वाचन आयोगले बिहीवार १० बजेदेखि उम्मेदवारी दर्ताका लागि खुला गरेको हो । निर्धारित समयमै ओलीले प्रस्तावकमा कृष्णगोपाल श्रेष्ठ र समर्थक राजन भट्टरार्इलाई राखेर उम्मेदवारी दर्ता गराउनु भयो । निर्वाचन समितिले दिएको जानकारी अनुसार नेपालको प्रस्तावकमा भने नितेषनन्दन मिश्र र समर्थकमा रामकुमार भट्टरार्इ रहनु भएको छ ।
१४ पदाधिकारी सहित १ सय ५९ केन्द्रीय सदस्यका लागि उम्मेवारी मनोनयन दर्ता गर्न निर्वाचन आयोगले विहान १० देखि अपरान्ह २ बजेसम्म समय दिएको छ । नयाँ नेतृत्वका लागि निर्वाचन भने शुक्रवार विहानबाट ८ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।
















प्रतिक्रिया