काठमाडौँ, २६ असार । राजधानीमा जारी नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहनुभएका वरिष्ठ नेता माधवकुमार नेपाल समुहले महाधिवेशन स्थल नजिकै रहेको राष्ट्रिय सभागृहमा आफ्नो प्यानलको घोषणा गर्ने कार्यक्रम तय गरेको थियो ।
बुधवार साझँतिर उक्त कार्यक्रमको तय भएपछि प्रतिनिधि र पत्रकारलाई बिहीवार विहान आठ बजेका लागि निम्तो दिइयो । तर, बिहीवार विहान अचानक एमाले महाधिवेशनको निर्वाचन गर्ने जिम्मा पाएको निर्वाचन आयोगले निर्वाचन आचारसहिता लागु भएको भन्दै राष्ट्रिय सभागृहमा कार्यक्रम गर्न रोक लगायो ।
त्यसपछि हतार–हतारमा नेपाल सहुले उम्मेदवार घोषणाका लागि पायक पर्ने स्थलको खोजि गर्यो । नभन्दै भृकुटी मण्डप नजिकै रहेको बग्गीखानाकै आसपासमा रहेको एक पार्टी प्यालेस फेला पर्यो । पछि त्यही पार्टी प्यालेसमा उम्मेदवार घोषणा गर्ने निधो नेपाल समुहले गर्यो । स्थल परिवर्तन भएपछि केही समय प्रतिनिधि र पत्रकार अलमलमा परेका थिए ।
पछि निक्कै लामो लस्कर बग्गीखान पुग्यो र त्यही उम्मेदवार घोषणा भयो । उम्मेदवार घोषणा कार्यक्रममा उद्घोषक योगेश भट्टराईले अन्तिम समयमा राष्ट्रिय सभागृहमा कार्यक्रम गर्न नदिएर षडयन्त्र गरेको आरोप लगाउनु भयो ।















प्रतिक्रिया