काठमाडौँ, २६ असार । युवा नेता योगेश भट्टराईले महाधिवेशन प्रतिनिधि जागिर, पद र पैसाको प्रलोभनमा विक्रि नहुने बताउनु भएको छ ।
बिहीवार राजधानीमा नेपाल समुहको प्यानल घोषणा कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । ‘संसदीय दलका नेता केपी शर्मा ओली समुहले प्रतिनिधिलाई जागिर, पद र पैसाको प्रलोभन देखाएर किन्न खोजेको छ,’ उहाँले भन्नुभयो, ‘हामी त्यसो गर्दैनौँ ।’
उहाँले पद, पैसा र जागिर प्रलोभन नदेखाई नेपाल समुहले जारी नवौँ महाधिवशेनबाट विजयी हाँसिल गर्ने दाबी गर्नुभयो ।
ओली समुहले लुकी–लुकीउम्मेदवारको फारम दर्ता गरेको भन्दै भट्टराईले आफुहरुले सार्वजनिक रुपमा प्यानल घोषणा गरेर समुहभित्र विवाद नभएको प्रमाणित गरेको दाबी गर्नुभयो ।
जीत पनि नेपाल समुहकै हुने ठोकुवा गर्नुभयो । उहाँले आफुहरुले कुन व्यक्ति कुन पदमा जाने भन्दा पनि एकले अर्कालाई त्याग गर्ने कसम खाएकाले पनि आफ्नो समुहको जीत सुनिश्चित भएको दाबी गर्नुभयो ।
















प्रतिक्रिया