२९ आश्विन २०८३, बिहिबार

ब्राजिललाई नराम्रो धक्काः नेमारले विश्वकपका बाँकी खेल खेल्न नसक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

neymar

एजेन्सी

ब्राजिल, २१ असार । कोलम्बियासँगको खेलमा महत्वपूर्ण जित हासिल गरेको ब्राजिललाई नराम्रो धक्का लागेको छ ।

ब्राजेलियन टिमका खम्बा मानिएका नेमार गम्भीर घाइते भएपछि ब्राजिलले नराम्रो मुल्य चुकाउनु परेको हो । ढाडमा लागेको चोटका कारण नेमारले विश्वकपका बाँकी खेल खेल्न नसक्ने चिकित्सकहरुले बताएका छन् ।

खेल सकिन पाँच मिनेटमात्रै बाँकी रहँदा हावामा उडिरहेको बल नियन्त्रण गर्ने कोसिस गर्ने क्रममा कोलम्बियाका खेलाडी जुनिगाको घुँडा नेमारको ढाडमा बजारिएको थियो । रन्थिनिएर मैदानमै ढलेका नेमारलाई थप उपचारका लागि सिधै अस्पताल लगिएको थियो ।

साओ पाउलोस्थित अस्पतालमा उपचाररत नेमारको ढाडको थर्ड भर्टटेम्बा भाँचिएको पुष्टि भएको छ । तर, यसले उनलाई आगामी दिनमा फुटबल खेल्नका लागि सँधै रोक भने लगाउने छैन । ६ देखि आठ हप्तासम्म आराम गरे निको हुने चिकित्सकहरुले बताएका छन् ।

कोलम्बियाका खेलाडीहरुले जानाजानी हानेर लडाएको भन्दै सोसल मिडियाहरुमा ब्राजिलका फ्यानहरुले चर्को आलोचना गरेका छन् । तर, जुनिगाले भने आफूले त्यसो नगरेको भन्दै बचाउ गरेका छन् ।

ब्राजिलियन खेलाडीहरुमात्रै होइन, विपक्षी टिम अर्जेन्टिनाका स्टार खेलाडी मेस्सी लगायतले समेत नेमारको स्वास्थ्य लाभको कामना गरेका छन् ।

यो भिडियो हेर्नुहोस:

https://www.youtube.com/watch?v=jGt2k5Q-5lU