काठमाडौँ, १८ असार । विश्वकप फुटबलअन्तर्गत राउण्ड अफ सिक्सटिनको खेलमा संयुक्त राज्य अमेरिका नराम्ररी पराजय भएको छ । भने बेल्जियम अमेरिकालाई हराउँदै क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
ब्राजिलको साल्भाडोरमा भएको खेलमा संयुक्त राज्य अमेरिकालाई पाखा लगाउँदै बेल्जियमले अन्तिम आठमा स्थान पक्का गरेसँगै बेल्जियमको भाग्यको सबैले प्रशंसा गरेका छन् ।
खेलको निर्धारित ९० मिनेटसम्म बेल्जियमलाई रोक्दै आएको अमेरिकाले अतिरिक्त समयको सुरुमै बेल्जियमका केभिन डे ब्रायनले प्रहारलाई छेक्न सकेन उनको प्रहार गोलमा परिणत भयो र बेल्जियमले एक गोल गर्दै टोलीलाई अग्रता दियो ।
यसको लगत्तै रोमेलु लुकाकुले एक गोल थप्दै अमेरीका माथिको दबाब झनै बढाए । अतिरिक्त समयको दोस्रो हाफमा अमेरीकाका जुलीयन ग्रिनले एक गोल गरेपनि प्रशिक्षक यर्गेन क्लिन्सम्यानको टोलीलाई हारबाट जोगाउन उक्त गोल पर्याप्त भएन ।
८ वर्षपछि विश्वकपमा फर्किएको बेल्जियमको आगामी यात्रा कस्तो रहने हो त्यो भने हेर्न बाँकी नै छ ।












प्रतिक्रिया