१ कार्तिक २०८३, आइतबार

खेलकुदमन्त्रीको आँटले दासानायके नेपाल फर्किने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pubudu-dasanaike

काठमाडौँ, १७ असार । सरकारले नेपाली क्रिकेटलाई सफलताको शिखरमा पुर्‍याउन सफल श्रीलकांली मुलका क्यानडेली प्रशिक्षक पुबुदु दासानायकेको सम्झौता एक वर्षका लागि थप गरेको छ । उहाँको पछिल्लो सम्झौता सोमबार सकिएको थियो भने उहाँ यसअघि नै क्यानडा फर्किसक्नुभएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले आर्थिक अभाव देखाउँदै दासानायकेको करार सम्झौता नवीकरण नगरेपछि दासानायके क्यानडा फर्किनु भएको थियो । मंगलवार सरकारले हस्पक्षेप गर्दै उहाँको अवधि एक वर्षका लागि थप गरेपछि क्रिकेटप्रेमीहरुमा पनि खुशी थपिएको छ ।

मंगलवार युवा तथा खेलकुद मन्त्रालयको विशेष बैठकले दासानायकेको अवधि एक वर्षका लागि थप गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषदले वास्ता नगरेपछि जनचाहना, नेपाली क्रिकेटको बढ्दै गएको स्तर र दासानायकेको भूमिकालाई ध्यानमा राखेर सरकार यो कदम चाल्न बाध्य भएको बताउनु भएको छ । क्यान सक्षम नभएसम्म सरकारले नै दासानायकेको पारिश्रमिक बेहोर्ने मन्त्रालयले बताएको छ ।

नेपाललाई विश्वकप ट्वेन्टी–२० मा पुर्‍याउनुका साथै नेपालाई टी–२० को अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रमुख भूमिका खेल्नु भएका दासानायकेलाई यसअघि अर्थमन्त्री रामशरण महतले फिर्ता ल्याउने संकेत गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) र एसियाली क्रिकेट परिषद ( एसीसी)बाट रोकिएको रकम नआएकाले दासानायकेको करार सम्झौता बढाउन नसकिएको भन्दै क्यानले सोमवार करार टुंगाएपछि क्रिकेट खेलाडीले समेत विरोध गरेका थिए ।