आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

आज नेदरल्याण्ड्ससँग मेक्सिको र कोष्टारिकासँग ग्रिस भिड्ने

दैनिक नेपाल २०७१ असार १५ गते ११:२१

world-cup-final5

काठमाडौँ, १५ असार । विश्वकप फुटबलमा आइतवार बेलुकी पौने १० बजे हुने पहिलो खेलमा नेदरल्याण्ड्स र मेक्सिको भिड्ने भएका छन् । त्यसैगरी राति पौने २ वजेको खेलमा भने कोष्टारिका र ग्रिस भिड्ने छन् ।

समूह चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेदरल्याण्डस र मेक्सिको नकआउट चरणको दोस्रो खेलमा मैदानमा उत्रिने भएका हुन् । समूहगत चरणका खेलमा अपराजित रहेका दुबै टोलीको प्रतिस्पर्धा हेर्न लायक हुने अनुमान फुटवल पण्डितहरुको छ । समूहका सबै खेल जित्दै ९ अंकको साथ नक आउट चरणमा उक्लिएको नेदरल्याण्ड्सलाई त यसपटक विश्वकपको मूख्य दावेदार समेत मानिएको छ ।

अघिल्लो पटक फाईनलमा नेदरल्याण्ड्स स्पेनसँग पराजित भएको थियो । स्पेन समूह चरणको खेलबाटै घर फर्किएकाले पनि नेदरल्याण्ड्स यसपटक विश्वकपको पहिलो उपाधि उचाल्न आतूर रहेको अनुमान धेरैले लगाएका छन् ।
समुहको सुरुवाती दुई खेलमा पहेलो कार्ड खाएपछि तेस्रो खेल गुमाएका रविन भान पर्सी आज खेलमा मैदानमा उत्रने भएपछि नेदरल्याण्ड्स जितका लागि अझ ढुक्क बनेको छ । भान पर्सीसँगै प्रतियोगितामा तीन गोल गरिसकेका आर्यन रोबेनलाई पनि डच टोलीको मूख्य हतियार मानिएको छ ।

नेदरल्याण्ड्सको प्रतिद्वन्द्वी मेक्सिको पनि कमजोर टीम नभएकाले नेदरल्याण्ड्सको ढुक्क बन्ने स्थितिमा मेक्सिको तगारो बन्ने अनुमान छ । समुह चरणको खेलमा ब्राजिलसँग बराबरी खेलेको मेक्सिकोसँग सवैभन्दा कम गोल खाने गोलरक्षक गुर्लेर्मो ओचोआ छन् । त्यसकारण नेदरल्याण्डसका फरर्वाडहरुलाई मेक्सिकोको जाली चुम्ने अवसरलाई ओचोआ बाधक बन्ने अनुमान गरिएको छ ।
हालसम्म यी दुई टोलीविच ६ पटक प्रतिस्पर्धा भएका छन्, जसमा ३ पटक नेदरल्याण्ड्स र २ पटक मेक्सिको विजय भएको छ ।

राउण्ड अफ सिक्सटिनको अर्को खेलमा सोमवार विहान पौने २ वजे कोष्टारिका र ग्रिस भिड्नेछन् । मध्य अमेरिकी राष्ट्र कोष्टारिका यस पटकको सरप्राईज टोली हो भने ग्रिस पनि फुटबल पण्डितहरुको अनुमान विपरित नक आउट चरणमा प्रवेश गरेको टोली हो ।

प्रतिक्रिया
सम्बन्धित