बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

विश्वकप फुटबल: घानाका खेलमन्त्रीले दिए राजीनामा

दैनिक नेपाल २०७१ असार १५ गते ९:०५

Joshpe-Ghana-Sports-Minister

काठमाडौं, १५ असार । ब्राजिल विश्वकप समुहचरणबट राष्ट्रिय टोली बाहिरिएपछि घानाका खेलमन्त्रीले राजीनामा दिएका छन् । घानाको खराव प्रर्दशन र म्याच फिक्सिङको आरोपका कारण युवा तथा खेलकुदमन्त्री जोसेफ याम्मिनले पदत्याग गरेको सरकारी सुत्रहरुले बताएका छन् ।

साथै खेलाडीहरुको तलव र प्रतियोगितामा सहभागिताको भुक्तानीको विवाद पनि यस कारण रहेको उनीहरुको भनाइ छ । खेलाडीहरुले नगद भुक्तानी, नभएसम्म विश्वकपमा स्प्रर्धा बहिष्कार गर्ने चेतावनी दिएपनि घाना सरकारले ३० लाख डलर ब्राजिलतर्फ पठाएको थियो ।

त्यसैगरी विश्वकप खैलन गएका दुई प्रमुख खेलाडीले प्रशिक्षक र अधिकारीमाथि दुब्र्यवहार गरेपछि उनीहरुलाई टोलीबाटै निष्काशित गरिएको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया
सम्बन्धित