१ कार्तिक २०८३, आइतबार

काठमाडौंमा घर भत्किँदा चार मजदुरको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kathmandu_districtकाठमाडौं, १४ असार । काठमाडौं महानगरपालिका–१२, ब्रह्मटोलमा घर भत्किँदा चार जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोट जिल्ला तारुका–१ का ४५ वर्षीय गणेश विक, सुन्दरादेवी–२ का पोतबहादुर पाण्डे, खोटाङ धारापानी–८ का २२ वर्षीय भुपाल मगर र धादिङ बैरेनी–८ का विष्णु भण्डारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका नायव उपरीक्षक अर्जनु चन्दले जानकारी दिए ।

घर भत्किँदा पाँच जना घाइते भएका छन् । पूरानो घर भत्काउँने क्रममा खाना खान झरेका बेला भित्ता भत्किएको थियो । शर्मिथा श्रेष्ठको पूरानो घर भत्काउँने क्रममा च्यापिएर नौँ जना घाइते भएका थिए ।

घाइते नौँ मध्ये भण्डारीको बल्खुस्थित बयोधा अस्पताल र अन्य तीन जनाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।