काठमाडौँ, १३ असार । उपप्रधानमन्त्री वामदेव गौतमले असार २६/२७ गते तिर बजेट प्रस्तुत गर्ने बताउनु भएको छ ।
प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गौतमले एमालेको नवौँ महाधिवेशनका कारण वजेट ल्याउन केही ढिलाई हुने बताउनु भएको हो । ‘सरकारको आगामी नीति तथा कार्यक्रम ऊर्जा, कृषि, पर्यटन, पूर्वाधार, आद्यौगिक विकासमा केन्द्रित हुने छ,’ उहाँले राजधानीमा शुक्रवार आयोजित एक कार्यक्रममा भन्नुभयो, ‘नीति तथा कार्यक्रमअनुसार नै बजेट पनि विनियोजन हुनेछ ।’
उहाँले सोही कार्यक्रममा फोक्सोमा देखिएको प्रारम्भिक चरणको क्यान्सर रेडियोथेरापी विधिबाट उपचार सकेर प्रधानमन्त्री सुशील कोइराला चाँडै स्वदेश फर्कने पनि जानकारी दिनुभयो ।
















प्रतिक्रिया