३१ आश्विन २०८३, शनिबार

मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau-final-policeकाठमाडौं, १३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिने दुई जनालाई आज पक्राउ गरेको छ ।

आयोगका अनुसार काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने सदिप शाह र गोरखा जिल्ला सौरपानी–७ घर भई सामाखुसी बस्ने दलबहादुर तामाङलाई पक्राउ गरिएको हो ।

उनीहरूले आयोगमा अनुसन्धानका क्रममा रहेको मुद्दा मिलाइदिन्छु भनी यातायात व्यवस्था विभागअन्तर्गतको सवारी चालक अनुमतिपत्र कार्यालय, बाग्मती, एकान्तकुना ललितपुरका कर्मचारी र सेवाग्राहीसँग घुस लिएको अनुसन्धानबाट खुलेको प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभयो ।

उनीहरूले चालक अनुमतिपत्र वितरण प्रक्रियामा व्यापक अनियमितता एवम् भ्रष्टाचार गरेको समेत खुल्न आएकाले आज काठमाडौंबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई हिरासतमा लिई अनुसन्धान अगाडि बढाइएको आयोगले जनाएको छ ।