काठमाडौँ, १३ असार । ब्राजिलमा जारी विश्वकप फुटवलको प्रिक्वार्टरफाइनलको पहिलो खेलमा आयोजक राष्ट्र ब्राजिलले चिलीको सामना गर्ने भएको छ । समूह चरण सकिएसँगै शुक्रवार बनेको समिकरण अनुसार पाँच पटकको विश्वकप विजेता ब्राजिलले चिलीको सामना गर्ने भएको हो ।
चर्चित खेलाडी नेमारको साथ घरेलु मैदानको फाइदा उठाउने तयारीमा रहेको ब्राजिल समूह ‘ए’ को विजेता टीम हो । ब्राजिल यस पटकको उपाधी विजेताको दावेदार मानिन्छ । चिली समूह ‘बी’ को उपविजेता हो । यी दुबै टीमको खेल खेल शनिबार राति पौने १० बजे हुनेछन् ।
आइतबार बिहान पौने २ बजे भने कोलम्बिया र उरुग्वे भिड्ने भएका छन् । कोलम्बिया समूह ‘सी’ को विजेता हो भने उरुग्वे समूह ‘डी’ को उपविजेता । जारी विश्वकपमा शुरुदेखि नै आफुलाई बलियो देखाउँदै आएको कोलम्बियाले दुई पटकको विश्वकप विजेता उरुग्वेसँग भिड्ने भएको हो । उरुग्वे यो पटक भने कमजोर प्रस्तुसँगै नक आउट चरणमा आउन सफल भएको हो ।
त्यस्तै आइतवार राति पौने १० बजे समूह ‘बी’ को विजेता नेदरल्याण्ड्स र समूह ‘ए’ को उपविजेता मेक्सिकोबीच हुने छ । आयोजक राष्ट’ ब्राजिलसँग राम्रो प्रस्तुति देखाएको नेदरल्याण्ड्स जारी विश्वकपको दावेदारकै रुपम हृेरिएको टीम हो । सोमबार बिहान पौने २ बजेबाट भिड्ने कोष्टारिका र ग्रीसको खेल पनि रोमाञ्चक हुने अनुमान गरिएको छ । समूह डी बाट अपराजित रहेर शीर्ष स्थानमा रहँदै कोष्टारिकाले नक आउट चरणमा ठाउँ बनाएको हो । पूर्व विश्वकप विजेताटीमहरु ईटाली र उरुग्वेलाई हराएर चर्चा बटुलेको कोष्टारिकाले इङ्गल्याण्डसँग बराबरीमा खेलेको थियो । समूह ‘सी’ को उपविजेता ग्रीसले कोष्टारिकालाई पछार्न निक्कै मेहनेत गर्नुपर्ने देखिन्छ ।
सोमबार राति पौने १० बजे फ्रान्स र नाइजेरिया भिड्दै छन् । फ्रान्स समूह ईको विजेता हो भने नाइजेरिया समूह एफ्को उपविजेता हो । फ्रान्सको समूहमा उल्लेखनीय प्रदर्शन गर्ने टिम नहुँदा दुई जित र एक बराबरीका साथ समूह विजेता बनेको हो । त्यसैगरी मंगलबार बिहान पौने २ बजे जर्मनी र अल्जेरिया भिड्ने छन । तीन पटकको विश्वकप विजेता जर्मनी समूह जीको विजेता हो भने अल्जेरिया समूह एचको उपविजेता ।
मंगलबार राति पौने १० बजे अर्जेन्टिनाले स्वीट्जरल्याण्डको सामना गर्दैछ । समूह एफ विजेता बन्ने क्रममा अर्जेन्टिनाले सतप्रतिशत नतिजा निकालेको छ । लिओनल मेसीकै भरमा राम्रो नतिजा निकाल्दै आएको अर्जेन्टिनाका लागि नक अउट चरण फलामको च्यूरा बन्ने देखिन्छ ।
बुधबार बिहान पौने २ बजेको अन्तिम प्रिक्वार्टरफाइनलमा समूह एचको विजेता बेल्जियम र समूह ‘जी’ को उपविजेता अमेरिका भिड्ने छन् । समूह चरणमा सत्प्रतिशत नतिजा निकालेको बेल्जियमले उत्कृष्ट खेल पस्किन सकेको छैन ।












प्रतिक्रिया