३० आश्विन २०८३, शुक्रबार

दाइजोको दर्द: हत्याका आरोपित पति र सासूविरुद्ध मुद्दा दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau-final-police

राजविराज, १२ असार । सप्तरीको पंसेरा गाविस–५ की २५ वर्षीया नगिना साहको हत्याको आरोपमा उनका पति शत्रुघ्न साह र सासू सुमित्रादेवी साहविरुद्ध प्रहरीले आज मुद्दा दर्ता गरेको छ ।

पीडितका बुबा विमलकिशोर साहको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो ।

हत्या आरोपमा पक्राउ परेका मृतकका पति र सासूलाई अनुसन्धानका लागि नियन्त्रणमा राख्न जिल्ला अदालतबाट आजै म्याद थप समेत गरिएको प्रहरी निरीक्षक विजय यादवले बताउनुभयो ।

घाँटी र शरीरको विभिन्न भागमा चोटपटकको नीलडाम लागेको अवस्थामा पीडितको शव गत आइतबार बिहान घरमा फेला परेको थियो । आरोपित शत्रुघ्नले गत शनिबार राति कुटपिट गरेपछि घरबाट चोकतिर भागेकी नगिनालाई समातेर उनले घरभित्र लगी घाँटी थिचेर हत्या गरेको गाउँलेले जनाएका छन् ।

हत्याको आरोपमा उनका पति र सासूलाई प्रहरीले गत आइतबार घरबाट गिरफ्तार गरेको थियो ।